NEPALESE CHILDREN ARE IN PRESS

Nepal Mission Children-needs-care NEPALESE CHILDREN ARE IN PRESSMost of the children of remote areas of Nepal are victim of hunger and malnutrition and they’re keep dying following the links what Nepalese media have written about the real condition of children these days in Nepal.

61% of remote areas’ children of Mugu District of Nepal are critically malnutrition.

Please check out: https://kantipur.ekantipur.com/news/2017-01-03/20170103130425.html

Poor Nutrition: Women and Children at risk in Nepal Please check out: https://mypublichealthblog.com/?p=191 

कालिकोटमा ८२४ बालबालिका कुपोषित, ३०१ जनामा उच्च कुपोषण

In Kalikot, Nepal 824 children are in malnutrition and 301 are highly critical ..

Please check out: https://ujyaaloonline.com/news/66284/kalikot/

कुपोषणले किन ज्यान गुमाउनु पर्यो कालिकोट सिपखानाकी सुशिला योगीले Nepal Mission Malnutrition-problem-in-Nepal NEPALESE CHILDREN ARE IN PRESS

कालिकोट, ३० कार्तिक । शरीरमा हड्डि र छाला मात्र देखिन्छ ।घरमा खानेकुरा केहि छैन । गरिबीले सताएको छ । विहान साँझ घरको चुलोमा आगो बल्दैन । सिङ्गो कुपोषणको सिकार बन्दै कर्णाली अञ्चलको कालिकोट जिल्ला सिपखान गाविस वडा नं ६ निवासी जगनाथ योगी र आमा पार्वति योगी को १४ महिनाकि छोरी सुसिला योगीको सिघ्र कुपोषणका कारण ज्यान गुमाइन ।

Please check out: https://www.digitalsanchar.com/2016/11/कुपोषणले-किन-ज्यान-गुमाउ/

कुपोषणका कारण १४ महिने बालिकाको मृत्यु

कालिकोटः जिल्लाको सिपखाना गाविस–६ की १४ महिने बालिका सुशीला योगीको कुपोषणका कारण मृत्यु भएको छ ।

लामो समयदेखि कुपोषणको सिकार भएकी पार्वती योगी र जगन्नाथ योगी छोरी सुशीलाको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा कात्तिक २६ गते बाटैमा मृत्यु भएको हो ।

बालिकालाई कडा खालको कुपोषणसँगै निमोनियाको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कौशल अलिले बताए ।

Please check out: https://np.karobardaily.com/कुपोषणका-कारण-१४-महिने-बालिकाको-मृत्यु#!

कुपाेषणका कारण बालिकाकाे मृत्यु

Nepal Mission Children-are-getting-victim-of-malnutrition-in-Nepal NEPALESE CHILDREN ARE IN PRESSबालिकालाई कडा खालको कुपोषणसँगै निमोनियाको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कौशल अलीले बताए। ‘बालिकामा लामो समयदेखि कडा खालको कुपोषण रहेको पाइएको छ,’ उनले भने, ‘जिल्ला अस्पतालमा उपचारकालागि ल्याउँदै गर्दा उनको मृत्यु भएको हो।’

जिल्ला अस्पताल कालिकोटले शीघ्र तथा कडा कुपोषण भएका बालबालिकाकालागि विशेष उपचार कक्षको स्थापना भर्खरै संचालनमा ल्याएको छ। कुषोषणको उच्च जोखिममा रहेका बालबालिकालाई स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउन विशेष उपचार कक्षको ब्यवस्था गरिएको छ। कुपोषणलाई न्यूनिकरणमा ल्याउन विशेष उपचार कक्षको व्यवस्था गरिएको कुपोषित बालबालिका कालिकोटका उच्च दरमा रहेको यो विशेष उपचार कक्ष स्थापानाले त्यसमा न्युनीकरण आउने जिल्ला अस्पताल कालिकोटका प्रमुख कौशल अलीले बताए ।

सुजातालाई ५० लाख दिने सिंहदरबारले देखोस् ! यो कालिकोट हो, सुडान होइन

२९ कात्तिक, काठमाडौं । राजधानीमा करोडौं सम्पत्तिकी मालिक एवं राज्यसत्तामा पहुँच भएकी सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिइएको विषयमा तात्तातो बहस भइरहेको छ ।

संसददेखि सामाजिक सञ्जालसम्म यही विषयले प्राथमिकता पाइरहेको छ ।

तर, कालिकोटबाट एउटा यस्तो तस्वीर आयो, जसले ‘भल्चर एण्ड द लिटिल गर्ल’लाई सम्झाउँछ ।

Please check out: https://www.pranish.com.np/सुजातालाई-५०-लाख-दिने-सिं-2/

Nepal Mission Due-to-lack-of-food-and-nutrition NEPALESE CHILDREN ARE IN PRESSमुगुमा १३ सय बालबालिकामा कुपोषण

मुगुमा ३ महिनाको अवधिमा १ हजार ३ सय ११ जना बालबालिकाहरुको कुपोषण रहेको पाइएको छ। मुगुमा कडा शीघ्र कुपोषणका लागि एकिकृत व्यवस्थापन कार्यक्रम सञ्चालनमा आएपछि यो तथ्य बाहिर आएको हो।  जिल्लाका सबै गाविसमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुको पोषणको स्थितिका बारेमा जानकारी लिइएको कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका जिल्ला मनिटर लोकबहादुर विश्वकर्माले जानकारी दिए। उनका अनुसार पोषणको स्थिति जाँच गरिएका बालबालिकामध्ये १ सय ५२ जना बालिका र ९७ जना बालकमा कडा खालको कुपोषण देखिएको हो।
Please Check out: https://thahakhabar.com/news/5720

कम भएन कुपाेषण, उपचारमाभन्दा झारफुकमै व्यस्त

कुपोषणले थलिएको शिशुलाई गाउँमै झारफुक गर्दा सन्चो हुन्छ भन्ने अन्धविश्वासले जन्मेको एक महिनादेखि नौ महिनासम्म उनी गाउँमै रुमलिईन् ।

‘गाउँकाले तेरो बच्चालाई मसान लाग्यो । मान्छे जलाएको ठाउँबाट हड्डीले डामेपछि सन्चो हुन्छ भने त्यो पनि गरे । तर सन्चो भएन् ।’ सिताले भनिन्,–‘झारफुक र धामी कहाँ त कति लगे लगे, बच्चाको सुधार भएन् । अन्तत गाउँकै स्वास्थ्य चौकीको सिफारिमा मान्महुँदै सुर्खेत आए ।’

Please check out: https://paschimnepal.com/archives/358

गाउँका अधिकांश बालबालिका कुपोषित

Most of the villages of Nepal have victim of malnutrition children

Nepal Mission Children-are-rick-in-Nepal NEPALESE CHILDREN ARE IN PRESSआश्विन १८, २०७३- पोषण तत्त्वका बारेमा जानकारी नहुँदा डङ्ग्राहा ७ की सविता चौधरीकी साढे चार वर्षीया छोरी स्म्रिकामा कुपोषण देखापर्‍यो । पोषण तत्त्वयुक्त खानेकुरा समयमा नख्वाएकै कारण बच्चामा कुपोषण भएको उनले गाउँमै सञ्चालित पोषण शिक्षा तथा पुन:स्थापना केन्द्रमा पुगेपछि थाहा पाइन् ।

सवा चार बिघा जग्गा छ । पर्याप्त उब्जनीबाट जीविकोपार्जन सहज भए पनि पोषण तत्त्वका बारेमा जानकारी नहुँदा बच्चामा कुपोषण भएको उनले ठम्याइन् । ‘घरमा पाक्ने दाल, भात, तरकारी मात्रै ख्वाउँथें,’ सविताले भनिन्, ‘बच्चालाई त्यतिले मात्रै पुग्दो रहेनछ, पोषणयुक्त खानेकुरा समयमा ख्वाउनुपर्ने रहेछ ।’

Please check out: https://onlinekhabarblog.wordpress.com/2016/10/04/गाउँका-अधिकांश-बालबालिका/

कर्णालीका अधिकांश बालबालिका कडा खाले कुपोषणको सिकार

टिभी अन्नपूर्ण ६ मंसिर, हुम्ला ।

कर्णालीमा कुपोषणले बालबालिलकाको अवस्था दयनीय बनाएको छ । कर्णाली अञ्चलका विभिन्न जिल्लाका बालबालिमा कडा खाले कुपोषणले जरा गाडेर बसेको छ । जसले गर्दा बालबालिको दयानीय अवस्था बनाएको छ ।

Please check out: https://tvannapurna.com/26165/

Nepal Mission Victim-of-malnutrin NEPALESE CHILDREN ARE IN PRESSसय बढी बालबालिकामा कुपोषणा

डडेल्धुरा, १९ कात्तिक । डडेल्धुरामा कुपोषण स्थिती जाँच सम्बन्धि कार्यक्रम जारी रहेकै अवस्थामा हाल सम्म एक सय बढी बालबालिकामा कडा खालको कुपोषण देखिएको छ । हालसम्म जिल्लामा दुई हजार एक सय २० जना बालबालिकामा ‘शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम’ मार्फत कुपोषण स्थिती जाँच गरिएकोमा एक सय ३५ जना बालबालिकामा कडा खालको कुपोषण भेटिएको हो । जाँच गरिएका बालबालिकाहरु मध्ये १३५ जनामा कडा खालको कुपोषण भेटिएकोमा १०५ जना अहिले उपचारमा रहेको ‘शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम’ सञ्चालनमा प्राविधिक सहयोग गरिरहेको आस्मान नामक संस्थाका जिल्ला संयोजक अनुपम रायले जानकारी दिनुभएको छ । कडा कुपोषण भई अस्पताल भर्ना भएका बालबालिकाहरुमा तौल बढेको पाईएको उहाँले जानकारी दिनु भयो

Please check out: https://nepalbharat.com/2016/11/3189/#sthash.WEl0CJoX.dpuf

भूकम्प पछिको कुपोषणNepal Mission Children-condition-in-Nepal NEPALESE CHILDREN ARE IN PRESS

 भूकम्प, बाढी, ज्वालामुखी, आँधीबेहरीबाट बचेर जीवन सुचारू गर्ने व्यक्तिहरूलाई गास, बास र कपासको समस्या परिहाल्छ र विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूले यस्ता समस्यालाई नै निराकरण गर्न बढी तदारूकताका साथ काम गर्छन्।नेपालमा पनि भूकम्पपछि विशेष गरी शिशु र बालबालिकालाई कुपोषणले शारीरिक र मानसिक अस्वस्थताबाट बचाउनको लागि काम सुरू गरिहाल्नुपर्छ। नेपालमा पोषणयुक्त खानाको कमी छैन। कमी छ त केवल त्यस्ता खानेकुराहरुको महत्व जानेर, तिनको प्रयोगमा गर्नमा जोड दिने नीति।

Please check out: https://setopati.com/blog/28404/

नेपालमा अझै ४१ प्रतिशत बालबालिका कुपोषित

In Nepal 41% Children are in malnutritionNepal Mission Nepal-children-are-critical-malnutrition NEPALESE CHILDREN ARE IN PRESS

माघ ४ डडेल्धुरा – नेपालमा अझै पनि ४१ प्रतिशत बालबालिका कुपोषित रहेका छन । अहिलेको समयमा ग्रामिण भेगमा न्यून पोषण खाना र बिकसित स्थानहरुमा मोटोपनका कारण बालबालिकामा कुपोषण हुने गरेको सु–आहाराले गरेको एक अध्ययनले देखाएको छ । बहुक्षेत्रिय पोषण योजना अन्तर्गत डडेल्धुरामा सोमबार गरिएको जिल्ला स्तरिय अभिमूखिकरण गोष्ठिमा यस्तो जनाईएको हो । पाँच बर्ष मूनिका बालबालिमा हुने कुपोषण अन्तर्गत ४१ प्रतिशत पुड्का, २९ प्रतिशत तौल कम र ११ प्रतिशत बालबालिकामा ख्याउटेपनको अबस्था रहेको जनाईएको छ । जिल्ला विकास समितीको कार्यालय डडेल्धुरामा सरोकारवाला निकायहरु संग गरिएको गोष्ठिमा दीर्घ कुपोषण घटाउने तर्फ समग्र मूलुकलाई उन्मूख गराउने र मानव पूँजि र समग्र सामाजिक आर्थिक विकासमा कुपोषण बाधकको रुपमा नरहने सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम संञ्चालन गरिएको बताईएको छ ।

Please check out: https://www.radioamargadhi.org/newsDetails.php?nid=4860#sthash.Ql7uoLyQ.dpuf

नेपालमा ५ वर्ष मुनिका ६ लाख १६ हजार बालबालिका कुपोषण ग्रस्त

Nepal Mission Due-to-lack-f-nutrition NEPALESE CHILDREN ARE IN PRESSकाठमाडौ  – भोकमरी र कुपोषण क्षेत्रमा काम गर्ने एएफसी इन्टरनेसनल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नेपालमा ५ वर्ष मुनिका ६ लाख १६ हजार बालबालिका कुपोषण ग्रस्त भएको जनाएको छ । तिनको उपचारमा प्रति बालबालिका २२ अमेरिकी डलर (करिब २ हजार २ सय रुपैयाँ) खर्च गरे पुग्ने उसले उल्लेख गरेको छ ।
राजधानीमा एक कार्यक्रम आयोजना गरी एएफसीका ‘कन्ट्री डाइरेक्टर’ रोनाल्ड वान हउरमिरेनले उक्त कुरा बताएका हुन् । ‘हाम्रो डेढ वर्षको अनुभवका आधारमा भन्नुपर्दा प्रति बालबालिका २२ अमेरिकी डलर खर्च गरे कुपोषणग्रस्त बालबालिकाको उपचार गरी उनीहरूको ज्यान जोगाउन सकिन्छ,’ उनले भने । उनका अनुसार उक्त संस्थाले १५ महिनामा कुपोषणले ग्रस्त सप्तरीका ३ हजार २ सय ८१ बालबालिकाको ज्यान जोगाएको छ ।
Please check out: https://arghakhanchi.com/index.php?action=news&id=PWdUTXdnak0=

८४ बालबालिकाको स्क्रिनिङ, ९ मा उच्च कुपोषण

भद्रपुरमा बालबालिकामा कुपोषणको जोखिम देखिएको छ । खासगरी निम्नवर्गीय आदिवासी तथा सिमान्तकृत सन्थाल समुदायका बालबालिकामा कुपोषणको जोखिममा रहेको देखिएको हो ।Nepal Mission Children-are-malnutritioned-in-Nepal NEPALESE CHILDREN ARE IN PRESS

चन्द्रगढी स्वास्थ्यचौकीको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालय झापाको प्राविधिक सहयोगमा भद्रपुर–९ र १० को टोलका पाँच वर्षमुनिका बालबालिकाको तौल र उचाई परीक्षण गर्दा १५ प्रतिशतभन्दा बढी बालबालिका कुपोषणको उच्च जोखिम र ४० प्रतिशतभन्दा बढी बालबालिका कुपोषणको जोखिममा रहेको पाइएको स्वास्थ्य चौकी इञ्चार्ज लालबहादुर पन्तले जानकारी दिए ।

कुपोषण देखिएका बालबालिकालाई मेची अञ्चल अस्पतालको पोषण गृहमा रेफर गरिएको पन्तले बताए । ‘तर उनीहरु त्यहाँ पुग्छन् कि पुग्दैनन् भन्ने शंका छ’, पन्तले भने, ‘अधिकांश सन्थाल समुदायका अशिक्षित आमाहरु छन्, उनीहरुले पोषण गृहमा जानुपर्छ भन्ने क्षमता राख्छन् कि राख्दैनन् ।’

Please checkout : http://www.enayapatrika.com/2018/04/12/39993/

४ हजार बालबालिका विद्यालय बाहिर

सरकारले तामझामका साथ हरेक नयाँ शैक्षिक सत्रमा भर्ना अभियान चलाए पनि कैलालीमा भने अझै साढे चार हजार बालबालिका विद्यालयबाहिर छन् । विद्यालय जाने उमेरका ती बालबालिकालाई विद्यालयमा भर्ना गर्न अनेक प्रयास गर्दा पनि भर्ना गर्न सफल नभएको जिल्ला शिक्षा कार्यालय कैलालीले जनाएको छ । हाल विद्यालय आइरहेके कुल संख्याको ३ प्रतिशत उमेर पुगेका बालबालिका विद्यालय नआएको विद्यालय निरीक्षक लोकेन्द्रप्रसाद भट्टले जानकारी दिए । कैलालीमा रहेका ५७२ वटा सामुदायिक विद्यालयमा करिब १ लाख ५० हजार विद्यार्थी १ देखि १२ कक्षामा अध्ययनरत छन् ।

Please checkout : http://rajdhanidaily.com/2018/04/18/94083/

MISSION, VISION and GOAL

Leave a Reply